१ कार्तिक २०८३, आइतबार

टर्कीका राष्ट्रपति एर्दोगानको रूसी नेता पुटिनसँग युक्रेनी संकटबारे फोनवार्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अङ्कारा, २५ जेठ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग बुधबार टेलिफोन वार्ता गरी युक्रेन र रूसबीचको द्वन्द्वबारे छलफल गरेका छन् ।

राष्ट्रपति एर्दोगानले रूसी खाद्यान्न र मलको निर्यातमा अवरोध हटाउन संयुक्त राष्ट्रसंघसँग परामर्श जारी राख्दा फाइदा हुनेमा जोड दिएको एर्दोगानको कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

उक्त अवसरमा टर्कीका राष्ट्रपतिले ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’को निरन्तरतालाई सम्पूर्ण विश्वले महत्व दिएको बताए । सहमतिले विश्व बजारमा युक्रेनी खाद्यान्नको निर्यातलाई अनुमति दिन्छ । संयुक्त राष्ट्रसंघको मध्यस्थता र टर्कीको पहलमा भएको सहमतिको प्रयासबाट स्थापित सम्झौताले विश्वव्यापी खाद्य संकटको सामना गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

एर्दोगानले रूस र युक्रेनबीच न्यायोचित शान्ति स्थापनाका लागि आवश्यक प्रयास जारी राख्न टर्की कटिबद्ध रहेको बताएको उनको कार्यालयले जानकारी दिएको छ ।

यसअघि एर्दोगानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि कुराकानी गर्दै दक्षिणी युक्रेनको काखोवका जलविद्युत केन्द्रबाँध विनाशको अनुसन्धान गर्न सहयोगको प्रस्ताव गरेका थिए ।

सन् २०२२ को जुलाईमा रूस र युक्रेनले इस्तानबुलमा टर्की र संयुक्त राष्ट्र संघसँग युक्रेन संकटको बीचमा विश्व बजारमा आपूर्ति सुनिश्चित गर्न युक्रेन र रूसबाट अनाज र मल निर्यातका लागि छुट्टाछुट्टै कागजातमा हस्ताक्षर गरेका थिए ।

रूस र संयुक्त राष्ट्रसंघबीच रूसी खाद्य र मलको निर्यातको सुविधाको लागि समझदारी पत्र ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’सँग समानान्तर सम्झौता हो ।

सुरुमा १२० दिनका लागि लागू गरिएको यो सहमति सन् २०२२ को नोभेम्बरको मध्यमा थप १२० दिनका लागि बढाएर मार्च १८, २०२३ सम्म पुर्‍याइएको थियो । त्यतिबेला रूसले ६० दिनका लागि अर्थात् सन् २०२३ को मे १८ सम्मका लागि सम्झौता लम्ब्याउन मात्र सहमति जनाएको थियो तर गत मे १७ मा रूसले उक्त सम्झौतालाई पुनः थप ६० दिनका लागि लम्ब्याउन सहमति जनाएको छ ।