४ कार्तिक २०८३, बुधबार

‘नर्सिङ्ग अवार्ड–२०२३’बाट वीर अस्पताल अन्कोलोजी विभागकी प्रमुख नर्स जोशी सम्मानित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । नाईटेङ्गल नर्सीङ्ग अवार्ड–२०२३’बाट वीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित भएकी छन् ।

जोशीले नेपालको नर्सिङ पेशामा गरेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, नेपाल भेन्टिलेटर्स सर्भिस, सघन क्रिटिकल केयर एसोसिएट्स र मेड प्रो इन्टरनेशनलले संयुक्त रूपमा उनलाई ‘नाइटिंगेल नर्सिङ अवार्ड २०२३’ बाट सम्मान गरिएको हो ।

मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा सामाजिक अभियन्ता अनुराधा कोइराला र हेल्थ एट होम मेडप्रो इन्टरनेशनलका संस्थापक डा. विशाल ढकालले जोशीलाई अवार्ड तथा नगद पुरस्कार प्रदान गरे। अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै जोशीले अवार्ड पाएसँगै आफूले थप जिम्मेवारी बोध गरेको बताइन् ।

उनी विगत २९ वर्षदेखि नर्सिङ पेशामा कार्यरत छन् । १० जना मनोनित नर्संहरू मध्ये उनलाई अवार्ड प्रदान गरिएको थियो । फ्लोरेन्स नाइटिंगेलको नामबाट अन्तराष्ट्रिय नर्सिङ दिवस पारेर हेल्थ एट होमले हरेक वर्ष नर्सहरुलाई सम्मान गर्दै यस्तो खालको अवार्ड प्रदान गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी सामाजिक अभियन्ता अनुराधा कोइरालाले दिनरात नभनी बीरामीको सेवामा लाग्ने नर्सहरूलाई प्रोत्साहन गर्न हेल्थ एट होमले गरेको सम्मानप्रति खुशी व्यक्त गरिन् ।

हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवा समेत प्रदान गर्दै आएको छ । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका अन्य सेवा प्रदान गर्दै आएको छ ।

हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।