बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

बाराको अमलेखगन्जमा मेसिनरी वाल, सडक ढलान र ग्याबिनको शिलान्यास

दैनिक नेपाल २०८० जेठ २४ गते २१:४२

बारा, २४ जेठ । बारा क्षेत्र ४ (१) मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको जितपुरसिमरा उपमहानगरपालिका वडा न.२२ को ड्राइभर डाँडामा मेसिनरी वाल र सडक ढलानको शिलान्यास भएको छ ।

सडकको शिलान्यास प्रदेशसभाका सदस्य देवनारायण चौधरीले गरेका हुन् । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य मन्जु थापा मगर, प्रदेश कमिटी सदस्य मनोज पौडल ,वडा अध्यक्ष शेखर रुम्बा, रवीन्द्र खकुरेल, दीपेन्द्र लामा लगायत स्थानीय बासिन्दाको उपस्थित थियो ।

योजना निर्माणका लागि क्षेत्र विकास कार्यक्रमबाट ८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी प्रदेश सभा सदस्य देवनारायण चौधरी कै क्षेत्र ४ (१) विकास कार्यक्रम अन्तर्गतको वडा न.२१ अमलेखगञ्ज खानेपानी पाईपलाई संरक्षण गर्न ग्याबिनको शिल्यान्यास पनि गरिएको छ।

सो ग्याबिनको पनि चौधरीले नै शिलान्यास गरे । सो आयोजनाका लागि योजना निर्माणका लागि क्षेत्र विकास कार्यक्रमबाट २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित