४ कार्तिक २०८३, बुधबार

थुनछेक बहसको पहिलो दिन दुलाल, भण्डारी र गुरुङकोतर्फबाट १३ जनाले गरे बहस

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट थुनछेक बहस सुरू भएको छ ।

पहिलो दिन प्रतिवादीतर्फबाट १३ जना अधिवक्ताले बहस गरेका छन् । तीनजना प्रतिवादी केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट १३ जनाले बहस गरेका हुन् ।

सुरूमा केशव दुलालको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए। दुलालको पक्षबाट विकास भट्टराई, विकास थापा, विश्वास आचार्य, योगेन्द्रबहादुर अधिकारी, नरबहादुर योगी र राजन भट्टराईले बहस गरेका हुन्।

यस्तै, सानु भण्डारी र टंक गुरूङको पक्षबाट अधिवक्ता विनोद शर्मा, चूडामणि पोखरेल, शिवप्रसाद रिजाल, साधुराम सापकोटा, शरदप्रसाद कोइराला, खडानन्द कँडेल र निरसिंह कुमार खत्री गरी सातजनाले बहस गरे।

भण्डारीको पक्षबाट भोलि पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नेछन् । बहसका क्रममा अधिवक्ताहरूले प्रतिवादीलाई लगाइएको आरोप पुष्टि हुनै नसक्ने दाबी गरेका छन् ।

बहस भोलि पनि जारी रहनेछ ।