शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सांसद सुमनाको अर्थमन्त्रीलाई प्रश्न- सासको मोल कति लिनुहुन्छ ?

दैनिक नेपाल २०८० जेठ २४ गते १६:११

काठमाडौं, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले खाद्य पदार्थमा कर लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले गरिबलाई झनै गरिब बनाउने कर स्वीकार्य नभएको बताएकी छिन् । किसान संरक्षणको कुरा गरेर सरकारले किसानलाई नै गरिब बनाउने कर नीति लागू गरेको उनले बताइन् ।

दैनिक प्रयोग हुने आलु, प्याजमा पनि कर लगाउने तयारी गरिएको भन्दै उनले विरोध गर्ने चेतावनी दिएकी हुन् । उनले अर्थमन्त्री प्रकाशशरण महतलाई अब सासको पनि कर तिर्नु पर्ने हो ? भन्ने प्रश्न गर्दै सासको मोल तोक्न भनेकी छिन् ।

‘अर्को वर्ष त तपाईँले सासमा पनि कर लाउनुहुन्छ । हरेक सासको कति मोल लिनुहुन्छ ? गरिबलाई झनै गरिब बनाउने कर स्वीकार्य छैन । यसको त विरोध गर्छौँ,’ उनले भनिन् ।

प्रतिक्रिया
सम्बन्धित