४ कार्तिक २०८३, बुधबार

केशव दुलालका वकिलको दाबी- उहाँ आफैँ ठगिएको अवस्थामा उहाँले ठगेको भन्नु नै गलत हो

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीतर्फको बयान जारी छ ।

आज प्रतिवादी केशव दुलालका कानून व्यवसायीले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा दुलालका कानून व्यवसायीले दुलालले ठगी नगरेको र उनी आफैँ ठगीएको दाबी गरेका छन् ।

दुलालकातर्फबाट बहस गरेका अधिवक्ता विकास भट्टराईले दुलाल आफैँ पीडित रहेका दाबी गरेका हुन् ।

‘केशव दुलालले बयानमा सन्देश शर्माले आफू र आफ्ना मान्छेसँग अमेरिका मान्छे पठाउन एक करोड रुपैयाँ लिएको भनेको अवस्था छ, उहाँ आफैँ ठगिएको अवस्थामा उहाँले ठगेको भन्नु नै गलत हो,’अधिवक्ता भट्टराईले भने।

अधिवक्ता विकास थापा, विश्वास आचार्य, योगेन्द्र अधिकारीले दुलाल पीडक नभई पीडित भएको जिकिर गरेका छन् ।