बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग

दैनिक नेपाल २०८० जेठ २४ गते १५:०१

काठमाडौं, २४ जेठ । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय सच्याउन नेपाली काँग्रेसका सांसद गगन थापाले माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले निर्वाचन आयोगको भूमिका खुम्चिने गरी जिल्ला निर्वाचन कार्यालय खारेज गरेको बताए ।

जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालयमार्फत् गर्ने विषय बजेटमा राखिनु सरकारको गल्ती रहेको र यसलाई सच्याउनुपर्ने उनको भनाई छ ।

त्यस्तै सांसद सांसद गणेश पराजुलीले पनि निर्वाचन आयोग जस्तो संवैधानिक निकायका जिल्ला कार्यालयले खारेज गरिनु अनुपयुक्त रहेको बताए । सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटमा जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन इकाई रहने प्रस्ताव छ ।

निर्वाचन संयन्त्रलाई जिल्ला प्रशासन कार्यालयअन्तर्गत राख्ने सरकारको कदमले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र सक्षमतामा गम्भीर प्रश्न उठेको भन्दै विरोध भएको छ ।

प्रतिक्रिया
सम्बन्धित