
काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु स्वभाविक भएको बताएका छन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा भारत भ्रमण लगायतका बिषयमा जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यसअघि दुईपटक पठाइएको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नगरेर संविधान उल्लंघन गर्ने काम भएकाले संकट उत्पन्न भएको भन्दै अहिलेको सरकारको अनुरोधमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु स्वभाविक भएको बताएका हुन् ।
प्रचण्डले राष्ट्रपतिले प्रक्रिया पुर्याएर पठाएको विधेयक प्रमाणीकरण नगरे विधेयकको अवस्था के हुन्छ ? भन्ने संविधानबाट स्पष्ट हुन नसक्दा समस्या भएको बताए ।
विधेयक उत्पत्ति भएको ठाउँ खोज्दै जाँदा सरकार नै हो भन्ने निष्कर्षमा पुगेर राष्ट्रपतिलाई जानकारी गराएको र विधेयक प्रमाण्ीकरण भएको उनले बताए ।
प्रचण्डले यस बिषयमा अदालतमा मुद्धा परिसकेको अवस्थामा अदालतले दिने आदेश स्वीकार्य हुने बताए ।















प्रतिक्रिया