२ कार्तिक २०८३, सोमबार

विद्युत व्यापार सम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ ।मन्त्रिपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र ‘राइट अफ वे’ को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय पनि भएको उनले बताइन् ।