४ कार्तिक २०८३, बुधबार

गत वर्षभर भन्दा यो बर्षको आठ महिनामा धेरै नेपालीले पाए अमेरिकाको भिजिट भिसा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । गत आर्थिक वर्षको १२ महिनामा भन्दा चालु आर्थिक बर्ष २०२३ को ८ महिनामा गत वर्ष भरिको भन्दा धेरै नेपालीले अमेरिकाका लागि भिजिट भिसा पाएका छन् ।

चालु आर्थिक वर्षको आठ महिनामा झण्डै २० हजार नेपालीहरुले अमेरिकाको भिजिट भिसा पाएका हुन् । जुन आर्थिक बर्ष २०२२ को पूरै बर्षमा जारी गरिएको भिजिट भिसा संख्या भन्दा पनि धेरै हो।

गत अक्टोबरदेखि अप्रिलसम्ममात्र १७ हजार ६ सय २० जना नेपालीहरुलाई अमेरिकाले भिजिट भिसा प्रदान गरेको छ । जबकी गत आर्थिक बर्ष २०२२ मा १८ हजार २१० जना नेपालीहरुले अमेरिकाको भिजिट भिसा पाएका थिए ।

चालु आर्थिक बर्षको पहिलो महिना गत अक्टोबरमा १६६१ जना, नोभेम्बरमा २४४६ जना, डिसेम्बरमा २३४४ जना, जनवरीमा २८८३ जना, फरबरीमा २७८७ जना, मार्चमा ३११० जना, अप्रिलमा २३८९ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका छन् ।

गत आर्थिक बर्ष २०२२ मा अमेरिकाले कूल नेपाली आवेदकहरुमध्ये झण्डै ८० प्रतिशतलाई भिजिट भिसा दिएको छ । झण्डै २२ हजार ७ सय २९ जना नेपालीहरुले भिजिटर भिसाका लागि आवेदन दिएकोमा १८ हजार २ सय १४ जनालाई भिजिट भिसा स्वीकृत गरिएको हो ।