बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

रुखको हाँगाले लागेर सिन्धुलीमा एकजनाको मृत्यु

दैनिक नेपाल २०८० जेठ २४ गते ६:५३

सिन्धुली, २४ जेठ । सिन्धुलीको कमलामाई नगर पालिका–७, गड्यौलीका ६९ वर्षीय मानबहादुर लामाको मंगलबार रुखको हाँगाले लागेर मृत्यु भएको छ ।

स्थानीय जनकल्याण सामुदायिक वनमा हावाहुरीले ढाली रुखमा अड्किएको रुख काट्ने क्रममा सोही रुखको हाँगा झरी टाउकोमा लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाँगोले टाउको र शरीरका विभिन्न भागमा चोट लागे पछि उपचारका लागि सिन्धुली अस्पताल ल्याउँदा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित