
काठमाडौं, २३ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो वर्ष पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गरेको स्मरण गर्दै फेल भएको बजेर सत्तापक्षले बलजफ्ती पेलेर कागजमा पास गराएको बताएका छन् ।
करका दर हेरफेर गरिएको प्रकरण बाहिरिएपछि सरकारले गल्ती स्वीकार्नुको सट्टा बलजफ्ती केही भएकै छैन भनेर बहुमत देखाएर पास गरेको बताएका हुन् ।
यो पटकको बजेटमा पनि बिचौलियालाई छिराएर करका दर हेरफेर गरेको प्रकरण बाहिरिएपछि ओलीले अघिल्लो वर्षको बजेटका बेला भएको करको दर हेरफेर प्रकरण पनि सम्झिएका हुन् ।
अघिल्लो वर्षको बजेट कागजमा पास भएको तर व्यवहारमा फेल भएको ओलीको टिप्पणी छ ।
‘अघिल्लो वर्ष बजेटमा पनि सरकारले बेठिक भएको छ यो बेठिक स्वीकारिन्छ आइन्दा गल्ती गरिदैन भनेर सरकारले भन्न सक्यो ? ठिक गर्या छौँ हामी कोही पनि गएका छैनौँ । भित्र पुग्दै निस्कदै गरेका हुन् बसेकै छैनन् । बसेको भएपनि त्यहाँ सुतेको छैन । सुत्या भएपनि खाएको छैन । खाएको भएपनि बजेट हेर्या छैन । हेरेको भएपनि लेख्या छैन । यस्तो तर्क बलजफ्तीको पनि हद हुन्छ नि । पोहोर त पास भयो । परिणाममा बजेट पास भो कि फेल भो हजुर ? म सोध्न चाहान्छु । मैले भनेको थिएँ । तपाईहरू बहुमतले बलजफ्ती पास गर्नुस व्यवहारमा यो फेल हुनेछ । म आज सोध्दैछु सत्ता पक्षलाई बजेट पास भयो कि फेल ? हामी अल्पमतमा थियौँ तपाईहरूले पेल्नुभयो कागजमा पास भयो । व्यवहारमा फेल मात्रै होइन लड्डु ल्यायो लड्डु,’ अध्यक्ष ओलीले भने ।















प्रतिक्रिया