४ कार्तिक २०८३, बुधबार

राष्ट्रिय सभाको बैठक स्थगित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । आज बस्ने तय भएको राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजेर ११ मिनेटमा बस्ने भनिएको बैठक संसद सचिवालयले अन्तिम समयमा विशेष करण देखाउँदै स्थगित गरेको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यतालिका थियो ।

‘जेठ २३ गते मंलबार बिहान ११:११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २४ गते बुधबार बिहान ११:११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ संसद् सचिवालयले टाँस गरेको सूचनामा भनिएको छ।