
काठमाडौं, २२ जेठ । आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल गर्न आज बसेको प्रतिनिधि सभा बैठकमा भारतीय मुर्रा भैँसी प्रकरणले हंगामा भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्कंदा ‘भैँसी चढेर आएको भन्ने समाचार सार्वजनिक भएको छ’ भनेर अभिव्यक्ति दिएपछि संसदमा लफडा हंगामा उत्पन्न भएको हो ।
सभामुख देवराज घिमिरेले खनालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएपछि पनि प्रतिपक्षी दलका सांसदहरु झन् उग्र बनेका थिए । निक्कै लामो रस्साकस्सी पछि मात्र्र आजको बैठक सुचारु भएको थियो ।
यस्तै, आगामी आर्थिक वर्षको बजेटमा पनि स्वार्थपूर्ण तरिकाले करका दरहरू हेरफेर भएको भन्दै सांसदहरूले अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रश्न उठाएका छन् । चालू आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री जनार्दश शर्मा ‘प्रभाकर’ले सीमित व्यापारीको हितलाई हेरेर करको दर हेरफेर गरेका थिए । अहिले पनि सोही प्रकरण दोहोरिएको आशंका सांसदहरूको छ ।
हेरौँ आज दिनभरका मुख्य–मुख्य सूमाचारका हेडलाइनहरू–











प्रतिक्रिया