२८ आश्विन २०८३, बुधबार

पुँजीबजारको वर्तमान अवस्थाबारे एमालेले गर्‍यो सरोकारवालासँग छलफल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नेकपा एमालेले पुँजीबजारको वर्तमान अवस्थाबारे सरोकारवालासँग छलफल गरेको छ ।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले हिजो आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा ‘नेपालको पुँजीबजारको वर्तमान अवस्था र हाम्रो भूमिका’ विषयमा छलफल कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा वर्तमान सरकारको विकृत नीतिका कारण विकासको महत्वपूर्ण आधार पुँजीबजार धराशयी बन्दै गएको, शेयर बजारमा सर्वसाधारण लगानीकर्ताहरूले उच्च मूल्य गुमाउन बाध्य बनिरहेको, मध्यम वर्ग र निम्न गरिबीको चक्रमा परिरहेको तथा सीमित धनाढ्य व्यक्तिहरू रातारात धनी बनिरहेको विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको छ ।

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको विषम परिस्थितिमा सरकारले ल्याएको असन्तुलित कर नीतिले पुँजीबजारका लगानीकर्ताहरू समस्यामा परिरहेको बताउम्दै यस क्षेत्रको प्रवर्द्धनका लागि एमाले प्रतिवद्ध रहेको धारणा व्यक्त गरे ।