२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डमाथि केपी ओलीले किन गरे आशंका ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको संरक्षण र भौगोलिक अखण्डताको रक्षाका विषयमा वर्तमान सरकार र प्रधानमन्त्रीमाथि सन्देह उत्पन्न भएको बताएका छन् ।

आज सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले भारत भ्रणका क्रममा प्रधानमन्त्रीको व्यवहार र बोलेको कुराले राष्ट्रिय हितको संरक्षण र भौगोलिक अखण्डताको रक्षाका विषयमा सन्देह उत्पन्न भएको बताएका हुन् ।

कम्फरटेवल बन्न खोज्ने वर्तमान सरकारका प्रधानमन्त्रीले राष्ट्रका सीमा, नक्साका विषयमा अडानहीनता देखाउनु दु:खद कुरा भएको उनले बताएका छन् ।

ओलीले नागरिकता विधेयकलाई संसदमा फेरि ल्याउनुपर्ने र वर्तमान सदनले छलफल गर्न पाउनुपर्ने जिकिर गर्दै लोकतान्त्रिक पद्धति र संसदको विशेषाधिकारलाई मन्त्रिपरिषदले मिच्न नपाउने बताए ।

कुनै पनि विधेयकलाई सरकार नै नभई सभामुखलाई मात्रै तोक लगाउने अधिकार रहेको ओलीले बताए । उनले भारत जानु केहि घण्टाअघि मात्रै प्रमाणीकरण गर्नुले थप सन्देह उत्पन्न भएको जिकिर गरेका छन् ।

ओलीले सरकारको काम विधेयकको मस्यौदा मात्रै तयार गर्ने भएको स्पष्ट पारे ।