२९ आश्विन २०८३, बिहिबार

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका हटस्पट बन्ने जोखिम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । संयुक्त राष्ट्रसंघले दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने जनाएको छ ।

राष्ट्रसंघले आर्थिक एंव राजनीतिक संकट गहिरिँदै जाँदा दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने जनाएको हो ।

संयुक्त राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि सङ्गठन र विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले अफगानिस्तान र पाकिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको जनाएको छ ।

दुई देशमा खाद्य असुरक्षा बढिरहेको र आउँदो दिनमा यो अझ चर्किने सम्भावना रहेको चेतावनी दिइएको छ ।

खाद्य सुरक्षासम्बन्धी एफएओ र डब्ल्यूएफपीले संयुक्त रूपमा प्रकाशित गरेका पछिल्लो प्रतिवेदनमा पाकिस्तान र अफगानिस्तानमा खाद्यान्नको सञ्चिति घट्दै गएको, दुई दशक लामो द्वन्द्वले अस्तव्यस्त भएको राजनीतिक प्रणाली, तालिबान सत्तामा आएपछिको अवस्था, विषम भूगोल एंव जलवायु परिवर्तन लगायतका कारण खाद्य संकट बढ्ने भनिएको छ ।