४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीको अभिव्यक्ति दण्डनीय छ: महेश बर्तौला

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नेकपा एमालेका सांसद महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भू-भाग सट्टापट्टा गर्ने अभिव्यक्ति दिनु दण्डनीय भएको बताएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै बर्तौलाले नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार प्रधानमन्त्रीलाई कहाँबाट रहयो ? भन्दै प्रश्नसमेत गरेका छन् ।

नेपालको सविंधानअनुसार प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित प्रतिकुल भएको उनले बताए । उनले प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सिंगो देशलाई ढाँटेकोसमेत आरोप लगाए ।

प्रचण्डले उहाँले अन्तर्वार्ताका क्रममा नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, सुस्ता, कालापानी लगायतलाई सट्टापट्टा गर्न सकिने अभिव्यक्ति दिएको र अहिले फेरि आफूले नबोलेको भन्दै झुटो बोलेको उनले बताका हुन् ।

प्रधानमन्त्रीले रोष्टमा उभिएर सिंगो देशलाई ढाँट्नुभयो झुट बोल्नुभयो । उहाँले भनेकै विषयमा हामीले कुरा राखेका थियौँ । उहाँले अन्तर्वार्ताका क्रममा नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, सुस्ता, कालापानी लगायतलाई सट्टापट्टा गर्न सकिने अभिव्यक्ति दिनुभयो । यो हाम्रो विषय होइन । हामीले भनेका हैनौँ । प्रधानमन्त्रीको मुखबाट आएको विषय हो । म प्रश्न गर्न चाहान्छु नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार प्रधानमन्त्रीलाई कहाँबाट रहयो ? नेपालको सविंधानले उहाँले दिएको अभिव्यक्ति राष्ट्रहित प्रतिकुल हो । यसलाई नेपालको संविधानको धारा ५ को उपधारा २ ले दण्डनिय भन्छ । त्यस कारण म यो विषय दण्डनीय छ भन्ने प्रश्न गर्न चाहान्छु,’ उनले भने ।