४ कार्तिक २०८३, बुधबार

रास्वपा सांसद खनालले प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ भन्ने शब्द प्रयोग गरेपछि संसदमा लफडा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । प्रतिनिधिसभा सोमबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलकाबीच लफडा भएको छ ।

बोल्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट भैँसी चढेर आएको भन्ने शब्द भनेपछि सत्तापक्षका सांसदले विरोध गरेका थिए ।

सत्तापक्षका सांसदले उठेर विरोध जनाउँदै शब्द हटाउन माग गरेका थिए । त्यसलगतै प्रतिपक्षी दलका सांसदहरूले पनि उठेर बोल्ने अधिकार कुण्ठिड गर्न नपाउने भन्दै विरोध गरेका थिए ।

विरोधपछि सभामुखले भैँसी चढेर आएको भन्ने शब्द रेकर्डबाट हटाउन आदेश दिएका थिए । सभामुखको आदेशपछि सत्तापक्षका सांसद बसेका थिए भने प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए ।