
काठमाडौं, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले प्रधानमन्त्री संसदको अधिकार खोसेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले विधेयकको विरोध गरिरहेका पार्टीहरूले नागरिकता पाउनु हुँदैन भन्ने कुराको वकालत गरिरहेका छन् भने भाष्य स्थापित भएको भन्दै यसको दोष प्रधानमन्त्रीले र सरकारले लिनुपर्ने बताएका हुन् ।
‘संसदको अधिकार छलेर विधेयक पास गराउनुभयो । प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा निर्णय गराएर राष्ट्रपतिमार्फत विधेयक पास गराउनुभयो त्यसले संसदको अधिकार मात्रै छिनेको छैन । यो संसदमा आएको भए महिलामाथि भएको विभेदबारे यो संसदले कुरा उठाउँथ्यो । विभेदकोबारे बोल्न चाहान्थ्यो, अन्त्य गर्न चाहान्थ्यो । वभेद महिलामाथि भएको विवेधमा आवाज उठ्थ्यो र यो विधेयकको विरोध गरिरहेका पार्टीहरूले नागरिकता पाउनु हुँदैन भन्ने कुराको वकालत गरिरहेका छन् भन्ने भाष्य स्थापित भएको छ । यो दोष प्रधानमन्त्रीले लिनुपर्छ सरकारले लिनुपर्छ । संसदमा आएको भए यसमा भएका विभेद हटाउनका लागि संसदले तय गर्थ्यो पास गर्थ्यो । महिलामाथि विभेद भएको छ र अधिकार जसले पाउनुपर्ने हो उसले अधिकार प्राप्त गर्न सक्थ्यो । आज प्रधानमन्त्रीका कारणले मन्त्रिपरिषद्का कारणले यो अदालत पुग्यो र त्यो अधिकार अब हनन् भएको छ । त्यसकारण यसको दोषी प्रधानमन्त्री हुनुहुन्छ,’ लामिछानेले भने ।















प्रतिक्रिया