४ कार्तिक २०८३, बुधबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ, नयाँ कार्यसूची

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । आइतबार स्थगित प्रतिनिधि सभाको बैठक आज सोमबार बस्दैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका सन्दर्भमा प्रश्न उठाउदै प्रतिपक्षी दलले आइतबारको बैठक स्थगित गरेका थिए । उनीहरूले प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म सदन चल्न नदिने अडान राखेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमाका सम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद अवरोध गरेका हुन् ।

प्रधानमन्त्रीले आज संसदको सुरूमै विवादास्पद विषयमा जवाफ दिने नयाँ कार्यसूची रहेको छ ।