
काठमाडौं, २२ जेठ । प्रतिपक्षी दलहरुबाट अवरुद्ध भएको प्रतिनिधि सभाको बैठक नियमित सञ्चालन गर्न सभामुख देवराज घिमिरेले तयारी थालेका छन् ।
सभामुख घिमिरेले प्रमुख दलका सचेतकहरुसँग छलफल गर्दै पहल थालेको उनको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार केहिबेरमा सभामुखले सचेतकहरुसँग छलफल गर्नेछन् ।
आइतबार अवरुद्ध भएर स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण क्रममा भएका कुराकानीका विषयमा विरोध जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।
आजको संसद बैठकको सुरुमै प्रधानमन्त्री प्रचण्डले प्रष्टीकरण राख्ने तयारी गरेको बताइएको छ ।











प्रतिक्रिया