२९ कार्तिक २०८३, आइतबार

कोरोना भाइरसको संक्रमण शून्यमा झर्‍यो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । कोरोना भाइरसको संक्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकमा आइतबार सात सय ६० जनामा गरिएको परीक्षणमा संक्रमित संख्या शून्य रहेको छ ।

अहिलेसम्म सक्रिय संक्रमित १७ रहेका छन् । कोही पनि संक्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राख्नुपरेको छैन् । यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी मुलुक भारतमा पनि संक्रमण कम भएपछि नेपालमा संक्रमण कम हुँदै गएको हो ।

गत चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएपछि नेपालमा संक्रमण बढिरहेको थियो । नेपालमा कोरोना भाइरसको संक्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ । विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरस न्यून हुँदै गएपछि गत वैशाख २२ गते कोभिड–१९ जनस्वास्थ्यको आपत्काल नरहेको घोषणा गरेको थियो ।