४ कार्तिक २०८३, बुधबार

खोकना बुङ्मतीको संस्कृतिको रक्षा हुने गरी तराई मधेस द्रुतमार्ग निर्माण हुन्छ: गृहमन्त्री श्रेष्ठ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले खोकना बुङ्मतीको संस्कृतिको रक्षा हुने गरी तराई मधेस द्रुतमार्ग निर्माण हुने बताएका छन् ।

आइतबार ललितपुरको खोकनामा ललितपुर महानगर वडा नम्बर २१ को आयोजनामा नवप्रवेशी देवगणहरुको स्वागत तथा सम्मान कार्यक्रममा श्रेष्ठले द्रुतमार्गको आवश्यकता रहेको भन्दै खोकना बुङ्मती लगायतका स्थानको ऐतिहासिकता र पहिचान र संस्कृतिको रक्षा गर्ने गरी फास्ट ट्रयाकका बारेमा उपयुक्त निर्णय हुने बताएका हुन् ।

उनले द्रुतमार्गका बिषयमा स्थानीयले गरेको संघर्ष र मागका बारेमा अध्ययन गर्न उपप्रधान एवं रक्षा मन्त्रीको संयोजकत्वमा कार्यदल बनेको अवस्थामा कार्यदलले सही निर्णय गर्ने विश्वास व्यक्त गरे ।

यस्तै श्रेष्ठले संस्कृति जगेर्नाका लागि देवगण लगायत स्थानीयहरूले खेलेको भूमिकाको प्रशंसा गरे । ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ बर्षे मेलाको अवसरमा नवप्रवेशी देवगणहरुको स्वागत तथा सम्मान गरिएको हो ।