
काठमाडौं, २१ जेठ । नेकपा (एमाले) ले आजको राष्ट्रियसभा बैठक पनि अवरूद्व गरेको छ ।
नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रतिनिधि सभा अवरोध गरेको एमालेले राष्ट्रियसभा पनि अवरोध गरेको हो ।
एमालेका सांसद संसद छलेर विधेयक प्रमाणीकरण गरिएको भन्दै आपत्ति जनाए ।
एमालेको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले २९ मिनेटका लागि बैठक स्थगित गरेका छन्।















प्रतिक्रिया