२९ कार्तिक २०८३, आइतबार

नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा आज सुनवाइ हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाइ हुँदैछ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी दर्ता गरेको रिटमा आज अदालतमा सुनवाइ हुन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कनु अघि राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेकको विधेयक असंवैधानिक भएको भन्दै रिटमा लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ  ।