२९ कार्तिक २०८३, आइतबार

खोलामा डुबेर एक बालकको मृत्यु

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २१ जेठ । मकवानपुरको बकैया गाउँपालिका-६ मा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

बेसीटोल बस्ने स्थानीय ११ वर्षीय सन्देश बोम्जनको सोही ठाउँस्थित बकैया खोलामा डुबेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बोम्जन साथीहरूसँग घर नजिकैको बकैया खोलामा नुहाउन गएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।