२९ कार्तिक २०८३, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणः आजदेखि थुनछेक बहस

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तमाथि आजदेखि थुनछेक बहस सुरु हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा पक्राउ परेका १८ जना अभियुक्तको बयान शुक्रबार सकिएको थियो । बयान सकिएसँगै आजबाट थुनछेक बहस हुन लागेको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाँण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको थियो । त्यसअघि बिहीबारसम्म १५ जना अभियुक्तको बयान सकिएको थियो ।

उनीहरूलाई धरौटीमा छाड्ने की थुनामै राख्ने भन्ने निर्णय गर्न थुनछेक बहस हुन लागेको हो ।