४ कार्तिक २०८३, बुधबार

एमाले सरकारबाट हटेपछि कसैले पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने आँट गर्न सकेनन्: केपी ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट हटेपछि कसैले पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने आँट गर्न नसकेको बताएका छन् ।

एमाले विज्ञान तथा प्रविधि विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले एमाले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीलाई एमालेपछिको कुनै सरकार र एमाले विरोधीले अंगीकार गर्न नसकेको बताएका हुन् ।

उनले केही मान्छे धेरै धनी हुने र केही मान्छे गरिबको गरिब रहने अवस्थालाई समृद्ध नेपाल भन्न नसकिने बताए ।

ओलीले समान रुपमा जनताहरूको आयस्तर बढेपछि मात्रै समृद्ध नेपाल हुन सक्ने जिकिर गरे । मावन विकास र समाज विकासलाई प्राथमिकतामा राखेर देशको छिटो जिम्मेवार विकास हुनुपर्ने ओलीको भनाई छ ।

ओलीले कृषिलाई प्रविधियुक्त विकास गर्नुपर्ने भएपनि यसले मानव जिवनमा पार्ने असरलाई ध्यान दिनुपर्ने धारणा राखे ।