२९ कार्तिक २०८३, आइतबार

ओडिशामा रेल दुर्घटनाः भारतमै रहेका प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । भारतको ओडिशामा भएको रेल दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समवेदना प्रकट गरेका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै मृतकप्रति श्रदाञ्जली व्यक्त गरेका छन् भने घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई सम्बोधन गर्दै दुःख व्यक्त गरेका हुन् ।

ओडिशाको बालासोरमा शुक्रबार साँझ ७ बजे भएको रेल दुर्घटनामा २३३ जनाको मृत्यु भएको छ भने ९ सय जना घाइते भएका छन् ।