२९ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन् ।

गत पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड बुधबार पहिलो पटक भारत भ्रमणमा गएका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डल स्तरीय वार्ता गरेका थिए । वार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गरेका थिए ।

भ्रमणका क्रममा उनले हिजो बिहीबार मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा मन्त्रीहरू, सचिवहरू, उच्चपदस्थ सरकारी अधिकारीहरूको सहभागिता रहेको छ ।