२९ कार्तिक २०८३, आइतबार

नेपाल-भारतको सम्बन्ध सुमधुरका लागि प्रधानमन्त्री प्रचण्डले गरे पूजाअर्चना (तस्वीरहरु)

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् ।

शुक्रबार दिउँसो प्रसिद्ध १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने महाकालेश्वरको पूजाअर्चना गरेका हुन् । उनले पूजा गर्ने क्रममा काठमाडौंबाट लिएर गएको १०० रूद्राक्ष र ५१ हजार रुपैयाँ दान गरेका थिए ।

उनले नेपाल-भारतबीचको सम्बन्ध सुमधुर बनाउन तथा नेपाली जनताको सुख र समृद्धिको कामना गर्दै पूजाअर्चना गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान साँढे ११ बजे मध्यप्रदेशको इन्दोर पुगेका थिए । त्यसपछि उनी इन्दोरदेखि ५५ किलोमिटर लामो सडकबाट कडा सुरक्षाबीच मन्दिर पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँगै नेपालका मन्त्रीहरु र मध्यप्रदेशका गभर्नर मङ्गुभाइ पटेलले पनि पूजाअर्चना गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।