
काठमाडौं, १९ जेठ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीले रिट दायर गरेका हुन् ।
नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि शुक्रबार राजपत्रमा प्रकाशित भएको थियो ।
प्रारम्भिक सुनुवाइका लागि आइतबारलाई पेशी तोकिएको अधिवक्ता भण्डारीले जानकारी दिए ।















प्रतिक्रिया