
काठमाडौं, १९ जेठ । आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पे ले हालै सिसा पिसिआई डीएसएस प्रमाणीकरण प्राप्त गरेको छ ।
यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ।
आफ्नो स्थापनाकाल देखिनै सेवाग्रहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको आईएमई पे ले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो।
यो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ। यसैक्रममा यो वर्ष पनि आईएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुराएर नविकरण गरेको छ।
आईएमई पेले अन्तरराष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरुको गोपनियता कायम गर्नुका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो।













प्रतिक्रिया