२९ कार्तिक २०८३, आइतबार

इन्दोरबाट महाकालेश्वर मन्दिरतर्फ जाँदै प्रधानमन्त्री प्रचण्ड

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मध्यप्रदेश, १९ जेठ । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दोरबाट उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शनका लागि त्यसतर्फ लागेका छन् ।

प्रधानमन्त्री प्रचण्डले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नेछन् । त्यसका लागि काठमाडौंबाटै भ्रमणमा जाँदा विशिष्ट प्रकारको १०८ किलो रूद्राक्षले साथ लगिएको बताइएको छ ।

No description available.

 उनी आज बिहान विशेष विमानमार्फत इन्दोर पुगेका हुन् । इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरेका थिए ।

No description available.

भ्रमणका क्रममा उनले आजै मध्यप्रदेशका गभर्नर श्री मङ्गुभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

आजै प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।