३० कार्तिक २०८३, सोमबार

विशेष विमानमार्फत प्रधानमन्त्री प्रचण्ड महाकालेश्वर मन्दिर प्रस्थान

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १९ जेठ । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान विशेष विमानमार्फत मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले महाकालेश्वर मन्दिरमा बिहान ११ बजे पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । उनले भ्रमणका क्रममा मध्यप्रदेशका राज्यपालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोजको आयोजना गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।