२ कार्तिक २०८३, सोमबार

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मालेले लिए शपथ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, १९ जेठ ।गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार आयोजित एक समारोहमा उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले शपथ गराएका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, उच्च पदस्थ कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

शर्मालाई बुधबार बसेको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको थियो ।