
काठमाडौं, १८ जेठ । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग सीमाका विषयमा पनि छलफल भएको बताएका छन् ।
भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले कूटनीति संयन्त्रबाट सीमा विवाद समाधान गर्नुपर्ने कुरा आफूले मोदीसँग राखेको बताएका हुन् ।
‘प्रधानमन्त्री मोदी र मैले सीमाका विषयमा पनि छलफल गर्यौं। मैले स्थापित कूटनीति संयन्त्रबाट सीमा विवाद समाधान गर्नुपर्ने कुरा राखें,’ प्रधानमन्त्री प्रचण्डले भने।















प्रतिक्रिया