
तनहुँ, १८ जेठ । तनहुँको म्याग्दे गाँउपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ ।
पालिका खोप समन्वय समितिको आयोजनामा पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पालिकालाई पूर्ण खोप पालिका तथा दिगोपना सुनिश्चित कार्यक्रम घोषणा गरेका हुन् ।

पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्नुअघि १५ महिनासम्मका बालबालिकाका लागि जातजाती खोप कार्यक्रम लागु गरिएको थियो ।
जसमा जम्मा बालकालिका संख्या ३३६ मध्ये दलित ९१ जना, जनजाति १६६ जना, मधेशी २ जना खस आर्य ६० जना र अन्य १७ जनाले खोप लगाएका छन् ।
यसैगरी, १६ देखि ५९ महिनाका बालबालिकामध्ये म्याग्देको १ नं वडामा १६६ जनालाई, २ नं मा १५० जना, ३ नं वडामा १३७ जना, ४ नं वडामा १६० जना, ५ नं वडामा १२९ जना, ६ नं वडामा ११५ र ७ मा १८३ जना गरी १०४० जनालाई खोप लगाईएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी शान्तिरमण वाग्लेले बालबालिकाको नैसर्गीक अधिकार खोपबाट कोही पनि छुटन नहुने बताए । राज्यले नै बालबालिकाको हक अधिकार र न्यूनतम आवश्यकतामा खोपको प्राथमिकीकरण गरेको हुँदा पालिकाले मापदण्ड पूरा गरेर नै पालिकालाई पूर्ण खोप पालिका तथा दिगोपना सुनिश्चित कार्यक्रम घोषणा गरेको बताए ।
कार्यक्रममा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रदेश स्वास्थ्य निर्देशनालयवाट २०७९ फागुण १६ गते स्वास्थ्यकर्मीहरुलाई एक दिनको अभिमुखीकरण कार्यक्रम पाश्चात २०७९ फागुण १८ देखि २०७९ चैत्रसम्म पारिवारिक स्वास्थ्य प्रोफाईलको लगत संकलन गर्न तथा वालवालिकाहरुको पूर्ण खोप सुनिश्चित गर्न घरधुरी सर्वेक्षणको लागी घरघरमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताए ।

















प्रतिक्रिया