१ कार्तिक २०८३, आइतबार

फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बन्न सफल भएका छन् ।

यसअघि दोस्रो स्थानमा झरेका टेस्ला इन्कका सञ्चालक मस्क पुन पहिलो धनी व्यक्तिको सूचीमा उक्लिएका हुन्।

टेस्ला, स्पेसएक्स र ट्विटरलगायतका सञ्चालक मस्कको उक्त पहिलो धनी व्यक्तिको ताज २०२२ डिसेम्बरमा फ्रान्सका बर्नाड अर्नाल्टले मस्कलाई उछिनेका थिए।

तर मस्कले पुन: अर्नाल्टलाई पछि पार्दै शीर्ष स्थानमा आफूलाई कायम राख्न सफल भएका हुन् । २ महिनामा १ अर्ब ९८ करोड अमेरिकी डलर वृद्धि भई मस्कको कुल सम्पत्ति १ खर्ब ९२ अर्ब अमेरिकी डलर पुगेको छ।

अर्नाल्टको सम्पत्ति ५ अर्ब २५ करोड डलर घटेर १ अर्ब ८७ अर्बमा सीमित भएको छ।