
हेटौंडा, १८ जेठ । मकवानपुरको हेटौंडा उपमहानगर-१५ नम्बर वडा जाँतेमा बस्ने एक आमाले आफ्नै दुई नाबालक छोराहरुलाई विष खुवाएर आत्महत्याको प्रयास गरेकी छिन् ।
हिजो बुधबार साँझ स्थानीय बाबुराम वाईवाको श्रीमती ३६ वर्षीया सोनी पाख्रिनले आफ्नै छोरा ७ वर्षीय अस्किन वाईवा र १८ महिने छोरा जेनिस वाईवासहित प्यारा क्वाईट डाइक्लोराईड नामक झार मार्ने विषादी सेवन गरेकी थिइन् ।
जसका कारण नाबालक छोरा जेनिसको आज बिहान उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार विषादी सेवनबाट गम्भीर बिरामी भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो ।
यहाँ उपचार सम्भव नहुने देखिएपछि गएराति नै उनीहरुलाई चितवन पठाइएको थियो । अहिले सोनी र उनका ७ वर्षीय छोरा अस्किनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार सोनीको अवस्था गम्भीर रहेको छ । विष सेवन गर्नुको कारण नखुलेको र यस विषयमा आफूहरुले अनुसन्धान गरिरहेको डएसपी कार्कीको भनाइ छ ।















प्रतिक्रिया