४ कार्तिक २०८३, बुधबार

नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विपरीत छ: रवि लामिछाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडलेबाट प्रमाणीकरण भएको नागरिकता विधेयक राष्ट्रहित विपरीत रहेको बताएका छन् ।

बुधबार बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेपछि सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले आपत्ति जनाएका हुन् ।

नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई विधेयक प्रमाणीकरण गरिएकोमा उनले आपत्ति जनाएका हुन् ।

‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ,’ उनले लेखेका छन् ।