४ कार्तिक २०८३, बुधबार

नक्कली शरणार्थी प्रकरण: आज क-कसको बयान हुँदैछ ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको अदालतमा बयान जारी छ ।

मंगलबार तीन जनाको बयान भएकामा आज पनि तीनजनाको बयान भइरहेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टेकनारायण पाण्डे, सानु भण्डारी र गोविन्द चौधरीको बयान भइरहेको हो ।

हालसम्म आठ जनाको बयान सकिएको छ । जसमा केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, टंककुमार गुरुङ, सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सकिएको हो ।