४ कार्तिक २०८३, बुधबार

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा उनले प्रमाणीकरण नगरेपछि थन्किएको विधेयक वर्तमान राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

संविधानको धारा ११३ (४) अनुसार राष्ट्रपति भण्डारीले उक्त विधेयक १५ दिन अर्थात ५ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । तर उनले प्रमाणीकरण गरेकी थिइनन् ।

विधेयक ९ महिनापछि प्रमाणीकरण भएको हो ।