
काठमाडौं, १७ जेठ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, भक्तपुरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ ।
भारतले सार्वजनिक गरेको ‘अखण्ड भारत’को भित्ते चित्रमा नेपाली भू-भाग कपिलवस्तु र लुम्बिनीलाई समेट्दा सरकार मुकदर्शक बनेको भन्दै उनीहरुले सरकारको राजीनामा माग गर्दै मशाल जुलुस निकालेका छन् ।
मंगलबार साँंझ भक्तपुरको सिर्जनानगर चोकदेखी सल्लाघारी चोकसम्म गरिएको मशाल जुलुशमा दर्जनौँ युवाहरुको सहभागिता रहेको थियो ।
उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, लुम्बिनी र कपिलवस्तु हाम्रो हो’, ‘गठबन्धन सरकार बिकेछ, भारतसँग झुकेछ’ लगाएतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
उनीहरुले टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीको आममाफी फिर्ता गर्न र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण रद्ध गर्न समेत माग गरेका थिए ।















प्रतिक्रिया