१ कार्तिक २०८३, आइतबार

युक्रेनले रुसीहरूलाई तर्साउन खोज्यो: पुटिन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, १७ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसीहरूलाई तर्साउन खोजेको बताएका छन् ।

“हामीले कमाण्ड युक्रेनका सेन्टरहरूमाथि प्रहार गर्ने कुरा गरेका छौँ । यसको प्रतिक्रियामा कीभ शासनले फरक बाटो रोजेको छ । उसले रुसलाई तर्साउने प्रयास गर्ने, रुसका नागरिकहरूलाई आतङ्कित पार्ने र आवासीय भवनहरूमा हमला गर्ने बाटो लिएको छ,” पुटिनले भने । एएफपी