४ कार्तिक २०८३, बुधबार

सन्दीपविरुद्धको मुद्दाको फैसला आज

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । क्रिकेटर सन्दीप लामिछानेविरूद्वको मुद्दाको सुनुवाई आज हुँदैछ ।

बलात्कार आरोप खेपिरहेका लामिछानेको मुद्दामा फैसलाका लागि आज पेशी तोकिएको हो । आज फैसला भएको खण्डमा सन्दीप आजाद हुने वा जेल फर्किने निर्क्योल हुनेछ ।

पटक पटक विभिन्न कारण देखाउँदै मुद्दाको अन्तिम सुनुवाई हुन सकेको छैन । आज भने फैसला आउन सक्ने सम्भावना रहेको छ ।

यसअघिको सुनुवाईले सन्दीपविरूद्व उजुरी हाल्ने किशोरीको जन्म सम्बन्धी कागजात पुन: झिकाउन अदालतले आदेश दिएको थियो ।

अदालतको आदेशसँगै किशोरीको वडा र जन्म भएको अस्पतालले जन्म सम्बन्धी कागजात पठाइसकेका छन् ।