
काठमाडौं, १५ जेठ । सरकारले अतिरिक्त समय भत्ता लगायत भत्ता खारेज गर्ने निर्णय गरेको छ ।
सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको जानकारी दिए ।
यस्तै, नयाँ सवारी साधन र फर्निचर तथा फर्निसिङ खरिद नगरिने, अत्यावश्यक बाहेक नयाँ भवन निर्माण नगर्ने लक्ष्ण लिइएको मन्त्री महतले जानकारी दिए ।
नेपाल सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई निरुत्साहित गरिने बजेटमा उल्लेख छ।















प्रतिक्रिया