२९ आश्विन २०८३, बिहिबार

सरकारले अब ६ महिनाभित्र सवारी साधन लिलाम गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सरकारले सरकारी निकायमा पुराना र प्रयोग विहीन सवारी तथा सामान ६ महिना भित्र लिलाम गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०\०८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै समयमै सरकारी सवारी साधन लिलाम नहुँदा सिंहदरबारसहित अन्य सरकारी कार्यालयमा थोत्रा सवारी साधानको थुप्रो लाग्ने गरेका कारण थोत्रा सवारी साधान ६ महिना भित्र लिलाम गर्ने बताएका हुन् ।

यस्तै सरकारले आगामी आर्थिक वर्षमा सबै सरकारी सेवा नियामक निकाय र सार्वजनिक संस्थामा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने भएको छ ।

अर्थमन्त्री महतले सरकारका नियममित संरचनाबाट सम्पादन हुने कामको लागि, परामर्श लिन, स्वीकृत दरबन्दी भन्दा धेरै सेवा करारको सिर्जना नगर्ने बताएका छन् ।