
काठमाडौं, १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद विन्दवासिनी कंसाकारले पद तथा गोपनीयताको सपथ लिएकी छिन् ।
सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख देवराज घिमिरेले सांसद कंसाकारलाई सपथ ग्रहण गराएका हुन् ।
कंसाकारको सपथपछि रास्वपा सभापति रवि लामिछानेले एसिड आक्रमणबाट पीडित व्यक्तिलाई सांसद पदको रुपमा पाउँदा निकै गर्वको महशुस भएको बताए ।
उनले कंसाकारलाई संसदमा प्रवेश गराउनु सम्पूर्ण एसिड आक्रमण पीडितको विजयी भएको धारणा राखे । लामिछानेले रेशम चौधरीको रिहाई प्रक्रिया गलत भएको प्रतिक्रिया दिए ।
यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि कारबाहीमा परेका थिए ।
रास्वपाले ढाकाकुमारलाई निष्कासन गरेर कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो ।















प्रतिक्रिया